काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष स्थानको राजस्थान रोयल्सलाई ७ रनले पराजित गर्दै बेंग्लोर लिगमा चौंथो जित निकाल्दै पाँचौं स्थानमा उक्लिएको छ। आइतबार साँझ बेंग्लोरलाई रोमाञ्चक जित दिलाउने क्रममा फाफ डु प्लेसीस र ग्लेन म्याक्सवेलले शानदार इनिङ खेलेका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो। जवाफमा राजस्थान निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन मात्र जोड्न सफल भएपछि बेंगलोरले लगातार दोस्रो जित निकाल्यो। राजस्थानको भने यो लगातार दोस्रो हार हो।

बेंग्लोरका लागि फाफ डुप्लेसीसले ३९ बलमा ८ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाउँदा ग्लेन म्याक्सवेलले ४४ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ७७ रन बनाएका थिए। त्यस्तै, दिनेश कार्थिकले १६ रन बनाए। राजस्थानका लागि ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान २–२ विकेट लिएका थिए।

जवाफमा १ सय ९० रनको लक्ष्य पछ्याएको राजस्थानका लागि देवदत्त पडिकलले ५२ रन जोड्दा ओपनर यस्सवी जैशवालले ४७ रन बनाए। त्यस्तै, धुर्व जुरेल ३४ रनमा नटआउट रहँदा कप्तान सञ्जु स्यामसनले २२ रन बनाउँदा रविचन्द्रन आश्विनले १२ रन जोडे। बेंगलोरका लागि हर्षल पटेलले ३ विकेट लिएका थिए।

42
Shares
११ बैशाख २०८०, सोमबार ०७:०५