काठमाडौं । भारतको अयोध्यामा बस र ट्रक ठोक्किदा सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईकाअनुसार शुक्रबार राति भएको उक्त दुर्घटनामा ४० जना घाइते भएका छन् ।
केही घाइते यात्रुको अवस्था चिन्ताजनक रहेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । लखनउ–गोरखपुर हाइवेमा ट्रक र बस ठोक्किदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनाप्रति मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् ।