विराटनगर । विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्यु भएका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा रोडशेषमा झडप भएको हो ।
चैत ५ गते विराटनगरमा प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० गते उनको मृत्यु भएको थियो ।
त्यसपछि प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए । लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।