आइतबार बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदै छ । आयोगले आज (बिहीबार) राति १२ बजेदेखि मतदान प्रक्रिया नसकिएसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको हो ।
यो अवधिमा कुनै पनि चुनावीसभा, आमसभा, गोष्ठी, अन्तर्क्रिया गर्न निषेध छ । त्यसैगरी कुनै पनि उम्मेदवारको पक्ष-विपक्षमा सामाजिक सन्जाल वा कुनै पनि माध्यमबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न र जितहारको पूर्वानुमान गरी त्यस्ता सामग्री सञ्चारमाध्यममा राख्नसमेत निषेध गरिएको छ ।उपनिर्वाचन : आज मध्यरातिदेखि प्रचार गर्न नपाइने
काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज (बिहीबार) मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने जनाएको छ ।