सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका मन्त्री खड्काले संसदमा पेस भएका विधेयक छिटो पारित गरेर अघि बढ्ने बताए । उ
नले संघ र प्रदेशका कतिपय बनाउन बाँकी रहेका साझा अधिकारका कानुनलाई समेत चाँडै पूर्णता दिने प्रतिबद्धता जनाए ।मन्त्री खड्काले प्रधानन्यायाधीश नियुक्तिका लागि संविधानको प्रावधानअनुसार अघि बढ्नेसमेत जानकारी दिए ।