विराटनगर । कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा २ सय ५७ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) ले जनाएको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सार्वजनिक गरेको स्थिती सूचकमा कोशी प्रदेशमा ०७९ पुस १७ गतेदेखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ जना गरी २ सय ५७ जना नागरिक पीडित भएका छन् ।

इन्सेक अभिलेखमा आधारमा सार्वजनिक गरिएको तथ्याङ्कका अनुसार कोशी प्रदेशमा राज्यपक्षबाट भएको गिरफ्तारीका घटनामा पाँचजना, कुटपिटका घटनामा एक जना, अमानवीय व्यवहारका घटनामा एक जना र घाइतेमा १४ जनानागरिक पीडित भएका छन् ।

अन्य पक्षबाट भएकाअपहरण घटनामा एक जना, कुटपिटका घटनामा दशजना, बालअधिकारका घटनामा ६५ जना, अमानवीयव्यवहार घटनामा एक जना, घाइते पाँच जना, हत्याका घटनामा नौ जना, महिलाअधिकारका घटनामा १ सय ४३ जना र आर्थिक, सामाजिक तथा सांस्कृतिकअधिकारका घटनामा एक जनानागरिक पीडित भएका छन् ।

तीन महिनाको अवधिमा कोशी प्रदेशमा मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १० जना नागरिक विमुख भएका छन् । राज्यपक्षबाट एक जना र अन्य पक्षबाट भएका घटनामा नौ जना नागरिकको ज्यान गएको छ ।

कोशी प्रदेश नामकरणसँगै ०७९ फागुन १७गतेदेखि पहिचानका आधारमाप्रदेशको नामाकरणको विषयलाई लिएर भएको आन्दोलनमा एक जना नागरिकले ज्यान गुमाउनु परेको छ ।

चैत ५ गते विराटनगरमा प्रदेश सरकारविरूद्ध पहिचानका लागि आन्दोलन गरिरहेको प्रदेश न.१ पुननामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता ४२ वर्षीय लाजेहाङ लिम्बू पदमको ज्यान गएको छ ।

आन्दोलनकाक्रममा चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएकालिम्बूको उपचारका क्रममा चैत १० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा ज्यान गयो । लिम्बूलाई शहिद घोषणा गर्न मागगर्दै आन्दोलनरत पक्षले पोष्टमार्टम नगर्ने अडान लिँदै प्रदेश नामकरणको विषयमा निरन्तर आन्दोलन गरिरहेको छ ।

35
Shares
७ बैशाख २०८०, बिहीबार १०:२२