हेटौंडा । मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीमा थुनामा रहेका एकजना बन्दीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरि गाउँपालिका ६, लोथरका ३५ वर्षीय समीर परियार रहेको कारागार कार्यालय भीमफेदीका प्रमुख तीर्थराज पौडेलले जानकारी दिएका छन् ।

विगत १५ महिनादेखि कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका परियार बुधबार बिहान बेहोस भई ढलेका थिए ।

उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

98
Shares
६ बैशाख २०८०, बुधबार १८:४५