उनले भनिन्, ‘हिजो बसेको मन्त्रिपरिषदको बैठकले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्ने समाचार सुन्दा दुःख लाग्यो । नेपाल खाद्य संकटको मारमा छ । जलवायू परिवर्तनको उच्च जोखिममा छ । मौलिक हक अन्तर्गत रहेका खाद्य सम्प्रभूता, सुरक्षित आवास लगायत सम्पूर्ण व्यवस्था कार्यान्वयन हुन सकेको छैन । विश्व परिवेशलाई हेर्दा सन् १९९६ मा पहिलो खाद्य सम्मेलन हुँदा ८० करोड जनता खाद्य जोखिममा थिए । अहिले यो संख्या बढेर २ अर्ब ३० करोड पुगेको छ ।’
उनले नेपालमा खाद्यान्न आयातको अवस्था डरलाग्दो रहेको बताउँदै तयार पारिएको भू-उपयोग नीति १० वर्ष हुँदापनि कार्यान्वयन नभएको उनले बताइन् । उनले भू-उपयोग नीति लागू नगरी पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र जनताविरुद्धको काम भएको उल्लेख गरिन् । सांसद सुब्बाले सरकारको निर्णयले जमिनको खण्डिकरण बढाउने र कृषि क्षेत्रलाई समाप्त पार्ने बताइन् ।जग्गा कित्ताकाट खुला गर्ने मन्त्रिपरिषद् निर्णयको संसदमा विरोध
काठमाडौँ । सरकारले गरेको जग्गा कित्ताकाट खुला गर्ने निर्णयको प्रतिनिधि सभा बैठकमा विरोध भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग आकस्मिक समय माग्दै एमाले सांसद सरस्वती सुब्बाले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सो निर्णयको विरोध गरेकी हुन् ।