काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् ।

शीर्ष स्थानको जावलाखेल युवा क्लबले तालिकाको पुच्छारमा रहेको नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल दिउँसो ३ बजे च्यासल मैदानमा हुनेछ ।

आजको खेल जिते जावलाखेलले तालिकामा स्पष्ट ३ अंकको अग्रता बनाउनेछ । अघिल्ला ९ खेलबाट १७ अंक जोडेको जावालाखेले ए डिभिजन लिग इतिहासमै उत्कृष्ट लय समाएको हो ।

यता नेपाल पुलिसले भने ९ खेल खेल्दा एकमा मात्रै जित हात पारेको छ । अघिल्लो सिजन यी दुईबीच भेट हुँदा पुलिसले १ – ० गोलले बाजी मारेको थियो ।

यस्तै अर्को खेलमा दिउँसो ३ बजे दशरथ रंगशाालमा साविक विजेता मच्छिन्द्र र एपीएफ फुटबल क्लब आमनेसामने हुँदैछन् ।

पछिल्लो सात खेलदेखि अपराजित मच्छिन्द्र आजको खेल जिते शीर्ष ४ मा उक्लने मौका रहनेछ ।

एपीएफ ३ खेल यता जितविहीन छ । अघिल्लो सिजनमा लिगमा भेट हुँदा मच्छिन्द्रले एपीएफलाई २ – १ गोलले हराएको थियो । आजै साँझ ६ बजे दशरथ रंगशालामा फ्रेन्ड्स र संकटा आमनेसामने हुने तालिका छ ।

56
Shares
६ बैशाख २०८०, बुधबार ०९:५४