जनतालाई कुनै राहत नदिई सत्ता स्वार्थमा लागेका दलका पछि जनता लाग्दा मुलुक गम्भीर सङ्कटको डिलमा पुगेको लिङ्देनको भनाई छ ।
राप्रपा, जिल्ला कार्यसमिति पाँचथरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री लिङ्देनले जनता पुनः नक्कलीको फेला पर्न नहुने बताए ।मुलुकमा अहिलेकै व्यवस्था र प्रवृत्ति ठिक छ भन्ने र ठिक छैन भन्ने दुई कित्तावीच संघर्ष चलिरहेको बताउँदै लिङ्देनले अहिलेको व्यवस्थाले जनताको अवस्थामा परिवर्तन गर्दैन भन्ने निष्कर्ष राप्रपाको रहेको र सो कुरा बारम्बार पुष्टि भइरहेको दाबी पनि गरे ।
आम क्षेत्रमा समस्या भोग्नु परेपछि जनतामा विकल्प नखोजी भएन भन्ने छटपटी रहेको तर त्यो छटपटीले उपयुक्त विकल्प नभेट्टाउँदा ‘तावाबाट उम्केको माछा भुङ्ग्रोमा पर्छ’ भने झैँ भएको लिङ्देनको भनाई छ ।संवैधानिक राजतन्त्र, संघीयताको खारेजी तथा सनातन हिन्दु राष्ट्रको पक्षधर राप्रपा अध्यक्ष लिङ्देनले वर्तमान व्यवस्थाका पक्षधर दलहरूलाई ‘नक्कली’को संज्ञा दिएका हुन् ।
‘ठिक ढङ्गले पहिचान गर्न नसक्दा जनता नक्कलीको फेला परे,’ उनले भने, ‘जनता पटक-पटक नक्कलीका फेला परेका छन् । फेरी नक्कलीको फेला पर्नु हुँदैन ।’