‘भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ,’ उनले भनिन् ।
सरकारले उक्त नियमावली नबन्दा घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो ।त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ ।