टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२.१ ओभरमा अलआउट हुँदै १७४ रनमा समेटियो। उसका लागि कप्तान तथा ओपनर अरित्रा डुटाले ४९ रन बनाउनु सर्वाधिक रह्यो।
त्यस्तै, आर्यन मोदीले २१ रन बनाउँदा अभि दीक्षितले १२ रन जोडे। सिंगापुरले २८ रनक अतिरिक्त रनका रुपमा प्राप्त गरेको थियो। हङकङका लागि एसान खानले ४ विकेट लिँदा यसिम मुर्तजाले ३ विकेट लिएका थिए।१७५ रनको लक्ष्य पछ्याएको हङकङले ३३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। हङकङका लागि बाबर हायातले १०८ रनको शतकीय इनिङ खेल्दा कप्तान निजाकत खानले ५१ रनको अर्धशतकीय इनिङ खेल्दै टिमको जित निश्चित गरेका थिए।