काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

केही दिन अघिसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या शून्यमा झरेको थियो ।

पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टा १७१ जनामा कोरोना संक्रमण भएको छ।

८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ड भएका छन्।
49
Shares
५ बैशाख २०८०, मंगलवार १७:४४