काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले संसद्को विषयगत समितिहरू बन्न ढिलाइ हुँदा संसदीय प्रक्रियामाथि नै गतिरोध उत्पन्न भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले विषयगत समितिहरू बन्न नसक्दा विधेयकहरू अगाडी बढ्न नसकेको बताएका हुन् ।

उनले भने – ‘एमालेको तर्फबाट विषयगत समितिमा रहने सांसदहरूको नाम टुङ्ग्याइसकेका छौँ । भोलि बिहानसम्म हामी सभामुखलाई हस्तान्तरण पनि गर्छौँ । यो प्रक्रियामा अन्य दलहरू पनि त्यत्तिकै जिम्मेवार बन्नुपर्छ । छिटो अगाडी बढाउनुपर्छ । यो नबन्दाखेरी धेरै विषयहरू अन्यौलतामा परेको छ । संसद्मा विचाराधीन भएका वा टेबल भएका कयौँ विधेयकहरूले छलफलको कोर्समा जान सकेन । यो भनेको समग्र संसदीय प्रक्रियामाथिकै गतिरोध हो ।’

35
Shares
४ बैशाख २०८०, सोमबार १०:४७