काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ्न् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँ ३ बजे हिमालयन शेर्पा र फ्रेन्डस क्लब आमनेसामने हुँदैछन् ।शेर्पालगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि हाइस्कोरिङ खेलमा एपीएफलाई ५ – ३ गोलले पराजित गरेको थियो । यता तालिकाको पुच्छारमा रहेको फ्रेन्ड्स रेलिगेसन जोनबाट बाहिर निस्किने कोसिसमा हुनेछ । फ्रेन्डस पछिल्लो ४ खेलदेखि जितविहीन छ । यी दुईबीच अघिल्लो सिजन भेट हुँदा १ – १ गोलको बराबरीमा रोकिएका थिए । सोही समयमा च्यासल मैदानमा चर्च ब्वाइज युनाइटेड र थ्रिस्टारबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर डर्बी अन्तगर्त यी दुईले ए डिभिजन लिगमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । चर्च ब्वाइज चौथो स्थानमा छ । थ्रिस्टार पाँचौ स्थानमा छ । आजको खेल जित्ने टिम शीर्ष स्थानमा उक्लने छ । यो खेलसँगै ए डिभिजन लिगको ९ औँ चरण सकिने छ ।
49
Shares
४ बैशाख २०८०, सोमबार १०:३४