समारोहमा सहभागी हुन ठूलो संख्यामा मानिसहरु भेला भएका थिए । उक्त समयमा कार्यक्रमस्थल नवी मुम्बईको तापक्रम ४० डिग्रीभन्दा बढी पुगेको र त्यसै समयमा केही मानिसलाई लू लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लू लागेका मानिसहरुलाई तत्काल अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएकामध्ये ११ जनाको उपचारको क्रममा ज्यान गएको अधिकारीहरुले बताएका छन् । २४ जना भने उपचार पछि घर फर्किएका छन् । मृत्यु हुनेमा ८ महिला छन् भने अधिकांश वृद्ध उमेरका छन् ।नवी मुम्बईको खारघरस्थित खुला मैदानमा आइतबार बिहान साढे ११ देखि १ बजेसम्म उक्त पुरस्कार समारोह भएको थियो ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले मृतकका परिवारलाई ५ लाखको दरले राहत प्रदान गरिने घोषणा गरेका छन् ।