झापा । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय समितिको अध्यक्षमा पुनः दिपक तामाङ निर्वाचित भएका छन् ।

संघको सातौं महाधिवेशनबाट तामाङ निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

१३ हजार ४ सय सदस्य रहेको संघको सातौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मिलन राई, महिला उपाध्यक्षमा नर्वदा निरौला, प्रथम उपाध्यक्षमा लोकबहादुर खड्का, द्वितीय उपाध्यक्षमा कमला खनाल, तृतीय उपाध्यक्षमा हेमराज खड्का, महासचिवमा जीवन खड्का, उपमहासचिवमा राम नेम्वाङ र कोषाध्यक्षमा अक्कलबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

झापाको बिर्तामोड सम्पन्न महाधिवेशनबाट संघको सदस्य पदमा रेणुका फुयाल, साविक शेख, रामबहादुर मगर, लालराज चौहान, सन्तोष करुवा, रेणुका राजवंशी र बेनुका बस्नेत निर्वाचित भएका हुन् । ४ वर्षे कार्यकालका लागि तामाङ नेतृत्वको समितिमा सबै निर्विरोध निर्वाचित भएका हुन् । संघले चिया श्रमिकको न्यूनतम चार वटा माग सम्बोधन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

21
Shares
४ बैशाख २०८०, सोमबार ०९:२२