रंगेली नगरपालिकाको आमतोलामा शनिबार भएको दुर्घटनामा ग्रामथान गाउँपालिकाकी ६० वर्षीया वैशाखी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार आमतोला–तेतरियाको भित्री सडकखण्डमा प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हो।घाइतेहरुको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
ट्र्याक्टर चालक ग्रामथानका करिब ३१ वर्षीय बालक माझी फरार भएका छन्। रंगेलीमा रहेको सन्सारीमाईस्थान मन्दिरमा पूजाका लागि तेतरियाबाट हिँडेकाहरु सवार ट्र्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।