मोरङमा मासु खाने क्रममा शुक्रबार एक व्यक्तिको मृत्यु भएको छ। जिल्लाको रतुवामाई नगरपालिकाका ९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको हो।

बङ्गुरको मासु घाँटीमा अड्किएर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मासु पोलेर खाने क्रममा साँझ करिब ५ बजेतिर माझीको घाँटीमा मासु अड्किएको थियो। घटना लगत्तै घरपरिवारले उनलाइ उपचारका लागि उर्लाबारी नगरपालिकास्थित अस्पतालमा भर्ना गरेका थिए।

स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा माझीको साँझ करिब ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

154
Shares
२ बैशाख २०८०, शनिबार १३:३९