पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार नेता तथा कार्यकर्तासँगको भेटघाटमा उनले भने “सरकारमा प्रधानमन्त्री, मन्त्री हामी छौँ। त्यसकारण परिवर्तन उल्टिँदैन होलाजस्तो पनि लाग्न सक्छ तर स्थिति सहज छैन।”
उनले पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउन जनताको आशा र भरोसाअनुसार जिम्मेवारीबोध गरेर अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।नेताको मन जितेरभन्दा पनि जनता र कार्यकर्ताको मन जितेर नेता बन्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सोबमोजिम पार्टीलाई अगाडि लैजाने आफ्नो योजना रहेको चर्चा गरे।