धनगढी । नयाँ वर्षको अवसरमा शुक्रबार बिहान धनगढी जेसिजद्वारा आयोजित हाफ म्याराथनको उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले जितेका छन् ।

धनगढी हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दूरी १ घण्टा ४ मिनट ४८ सेकेण्डमा पूरा गर्दै पालले उपाधि जितेका हुन् । उनले उपाधिसँगै ५५ हजार ५५५ पुरस्कारसमेत प्राप्त गरे ।

यस्तै नेपाल आर्मीकै नरेन्द्रसिंह रावलले दोस्रो स्थान प्राप्त गरेका छन् । उनले निर्धारित दूरी १ घण्टा ७ मिनेट २३ सेकेण्डमा पूरा गरे । दोस्रो भएका रावलले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गरे । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ सम्पन्न धनगढी हाफ म्याराथनमा सन्तोष विक्रम बिष्ट तेस्रो भए । उनले तोकिएको दूरी १ घण्टा ८ मिनट ३५ सेकेण्डमा पूरा गरेका हुन् । उनले २२ हजार २२२ रुपैयाँ प्राप्त गरे । हाफ म्याराथनमा ४ सय धावकहरुको सहभागिता रहेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताए ।

यस्तै महिलातर्फ भागेश्वरी धामी प्रथम, पवित्रा सार्की द्धितीय र नेहा खड्का तृतीय भए । उनीहरुले क्रमश: पाँच हजार ५५५, तीन हजार ३३३ र दुई हजार २२२ रुपैयाँ पुरस्कार राशि प्राप्त गरे । प्रतियोगितामा अपांगता भएका व्यक्तिहरुका लागि ट्राइ साइकिल दौड आयोजना गरिएको थियो ।

सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक नगढी जेसिजका अध्यक्ष मोहनराज ओझाले जानकारी दिए ।
63
Shares
२ बैशाख २०८०, शनिबार ०६:२०