काठमाण्डौं । फिल्ली क्याफे नेपाल ले एनडी थर्टी नाइन बिजनेश ग्रुप प्राली सगँको सहकार्यमा काठमाण्डौंको लाजिम्पाटमा आज देखी फिल्ली क्याफे नेपाल आउटलेटको शुरुवात भएको छ ।

फिल्ली क्याफे युएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, यूके, भारत र मौरिस लगायतका देखमा एक प्रसिद्ध व्राण्ड को रुपमा स्थापित भएको क्याफेको पहिलो आउट लेट नेपालमा सञ्चालन गरिएको फिल्ली क्याफे सञ्चालक धुब्र रिजालले जानकारी दिए ।

आगामी ५ वर्ष भित्र नेपालमा थप २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको सो उद्धघाटन कार्यक्रममा जानकारी गराइएको थियो  ।

कार्यक्रममा वोल्दै महानायक राजेश हमालले फिल्ली क्याफे ले स्थानिय स्वाद र अन्तराष्ट्रिय परिकार पारखीको लागी नयाँ गन्तव्य बन्नेमा आफु आशावादी रहेको बताए।

काठमाण्डौंका क्याफेहरुले स्थानिय स्वाद र अन्तराष्ट्रिय परिकारहरुको अद्धितीय मिश्रण प्रद्धान गरेको अवस्थामा फिल्ली क्याफेले यस का पारखीका लागी थप छाप थप्नको लागी उत्साहित रहेको सो कार्यक्रममा प्रकाश पारिएको थियो । फिल्ली क्याफेमा चिया अर्गानिक रुपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमा साथ बनाइन्ट , जसले चिया पारखीहरुको लागी भ्रमण गर्नै पर्ने गन्तव्यको रुपमा अभिप्रेरित गरेको सञ्चालक नविन खड्काले जानकारी दिए।

काठमाण्डौंमा स्टारबस वा कोस्टा कफी जस्ता कुनै पनी अन्तराष्ट्रिय चेनहरु नभएको कारणले पनी फिल्ली क्याफेलाई काठमाण्डौंको रोमाञ्चक गन्त्व्यको रुपमा स्थापित गराउने लक्ष्य फिल्ली क्याफेले लिएको छ ।

चिया, आइस्ड चाई, मिल्क शेक, मकटेल, बन कबाब, स्याण्ड विच, फूडल र हल्का खाजाहरुको सेवा प्रद्धान गर्ने फास्ट फुड क्याफेहरुको बढ्दो स्थापनाले बढ्दो पर्यटक र स्थानिय उपभोक्ता विचमा विश्वव्यापी परिकारहरुको विचमा एकता कायम गरेको अर्का क्याफे सञ्चालक रफिह फिल्लीले जानकारी दिए।

चिया र कफी पारखीहरुको सिग्नेचर मिश्रण अनुभव लिन चाहने ग्राहकको लागी फिल्ली क्याफे नयाँ गन्तव्य वन्ने मा सञ्चालकहरु आशावादी छन ।

63
Shares
१ बैशाख २०८०, शुक्रबार १८:०२