सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्वन्धी विधेयक २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो ।
प्रस्ताव प्रस्तुन गर्नुअघि एमाले सचेतक महेश बर्तौलाले गणपुरक संख्या यकिन गर्न माग गरेका थिए । त्यसलगत्तै सत्तारुढ दलका सांसदले पनि अनुमानका भरमा गणपुरकको प्रश्न उठाइएको भन्दै आपत्ति जनाएका थिए ।संविधानको धारा ९४ मा संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्यको एक चौथाई सदस्य उपस्थित नभए बैठक अघि नबढ्ने प्रावधान छ । २ सय ७५ सांसदको एकचौथाइ संख्या अर्थात् ६९ सांसद उपस्थित हुनुपर्नेमा आज ६१ जनामात्रै उपस्थित थिए ।
यसअघि सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद तोसिमा कार्कीले निर्माणाधीन समिट अपार्टमेन्ट भवन नक्सापास, वातावरणीय प्रभाव मूल्यांकन र इजाजत नलिइ निर्माण गरिएको भन्दै अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी थिइन ।