नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर वैशाखदेखि घटाउने निर्णय गरेको संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिए ।
त्यस्तै संस्थागत खातामा ७.९ प्रतिशतसम्म दिनेछन् । हालसम्म व्यक्तिगत मुद्दतीमा ११ तथा संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए ।
‘बैंकहरुमा अहिले लोनेबल फन्ड पनि केही बढेको अवस्था छ, त्यसकारण ब्याजदर घटाउने निर्णय गरेका हौं’ कोइरालाले भने ‘लोनेबल फण्ड टाइट हुँदा ब्याजदर बढ्ने र लोनेबल फण्ड बढी हुँदा ब्याजदर घट्ने सामान्य सिद्धान्त नै हो ।’