काठमाडौँ  । सरकारले आयातित र स्वदेशमा उत्पादित तरकारी एवं खाद्य पदार्थमा जीवनाषक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदन्तर्गत विषयगत समितिको प्रस्तावमा मंगलबार मन्त्रिपरिषद् बैठकले जीवनाषक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले ०७७ सालमा स्याउ, केरा, करेला, भन्टा, बन्दा, गोभी, भिन्डी, आलु र टमाटरमा मात्र विषादीको अधिकतम सीमा तोक्न खाद्यपदार्थको गुणस्तर निर्धारण आदेश स्वीकृत गरेको थियो । अब भने आयातित एवं स्वदेशी सबै तरकारी र खाद्यान्नको विषादी सीमा तोकिने भएको हो ।

‘आयातित र स्वदेशमा उत्पादित खाद्य पदार्थमा जीवनाषक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय आलोचित बनेको थियो । विगतमा मन्त्रिपरिषद्बाट फिर्ता भएर आलोचित बन्यो । विषयगत समितिमा छिटो प्रस्ताव अघि बढाऔं भन्ने छलफल भयो,’ कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले भने, ‘मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको हो ।’

35
Shares
२९ चैत्र २०७९, बुधबार १२:२३