महासंघका ६४ मध्ये ४ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ६० पदमा आज १ सय १२ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५५ जना कार्यसमिति सदस्य निर्वाचनमार्फत चुनिनेछन् ।वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । जसअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वमा नयाँ कार्यसमिति चयन हुनेछ । ढकाल चैत ३० देखि स्वत: महासंघको अध्यक्ष बन्नेछन् ।
महासंघको विधानले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै तीन वर्षपछि स्वतः अध्यक्ष हुने व्यवस्था गरेका कारण वरिष्ठ उपाध्यक्षको पदमा सबैको चासो रहने गरेको छ ।