जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वबाट काठमाडौं जाँदै गरेको बीआर ०६ डीडी ०६८७ भारतीय नम्बरको कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा तीन जना र सिन्धुली अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
कारमा पाँच जना सवार थिए । घाइते एकजनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते भारतीय नागरिकको पहिचानको काम भइरहेको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
सिन्धुली । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत कमलामाई नगरपालिका – ३ को सोलाभन्ज्याङ नजिक आज बिहान भएको कार दुर्घटनामा परी चार जना भारतीय नागरिकको मृत्यु भएको छ ।