विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो ।
स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले बताइन् ।कार्यक्रममा राधिका खवासलाई उत्कृष्ट प्रशिक्षार्थीका रुपमा पुरस्कृत गरिएको थियो ।
सहभागीहरुलाई मालती आचार्य र मोहन आचार्यले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागीका तर्फबाट चन्द्रकला उप्रेती, मीना दंगालले मन्तव्य व्यक्त गर्दै तालिम धेरै नै उपलब्धिमूलक भएको बताए ।तालिममा २१ जना महिला सहभागी भएको आयोजक संस्थाकी सहसचिव सिर्जना खड्काले जानकारी दिइन् ।