मङ्गलबार विराटनगर स्थित ब्राइट भिजन ल कलेजको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र मेरो मात्र पहिचान सबै कुरा हो भन्दै र अरुको कुरालाई स्वीकार गर्दिन भन्न थाल्यौ भने हामी अपाङ्ग भएर अगाडि बढ्न नसक्ने भन्दै सोसियल इन्जिनियरका रुपमा रहनु भएका कानुनका विद्यार्थीहरुले यो कुरा समाजलाई राम्रोसँग बुझाउनु पर्ने बताए ।‘मेरा मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र पहिचान, मेरो मात्र भूगोल सबै कुरा हो भन्नुभयो भने त्यसले हामी अपाङ्ग हुने छौ । जसरी एउटा मानिस सपाङ्ग भएर अघि बढ्न उसको शरीरका सबै अङ्गहरु उत्तिकै ढङ्गले चल्न आवश्यक छ त्यही नियम समाजमा पनि लागू हुन्छ’ उनले भने ।