काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको दाबी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा मंगलबार उनले नेपालका बैंक वित्तीय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गरे । तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जोखिम नआउने अधिकारीको भनाइ छ । उनले सबैखालले वित्तीय संस्थाहरुको तथ्यांकहरू बलियो रहेको जनाए ।

उनले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभावका कारणले समस्या आउने अवस्था नभएको दाबी गरे । पछिल्लो समय बैंकहरुमा तरलता सहज हुँदै आएको जनाउँदै उनले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको जनाए ।

‘बैंक तथा वित्तीय संस्थाहरु तरलताको अभावको कारणले बच्नका लागि सहयोग पुगेको अवस्था छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधरणको विद्युतीय भुक्तानी उपकरण प्रयोगको बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी बढेको अवस्था छ,’ उनले भने, ‘यसरी समग्रमा बैंक तथा वित्तीय संस्थाको सुरक्षाका सन्दर्भमा नेपालका वित्तीय संस्थाहरु र वित्तीय क्षेत्र सुरक्षित छ । सानोतिनो धक्काले कतै अफ्ठ्यारो पर्ने अवस्था देख्दैनौं ।’

28
Shares
२८ चैत्र २०७९, मंगलवार १७:४२