अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थाबाट देशले आर्थिक विकास गर्न नसक्ने दाबी गरेका छन् । द्वन्द्वकालीन न्यायको विषयमा लिङ्देनले जनयुद्धको समय सरकार पक्ष र विद्रोही पक्ष मात्र नभई तेस्रो पक्ष (जनता) पनि रहेको तर्क गरे । राप्रपाले द्वन्द्वकालीन न्यायका लागि तेस्रो पक्षलाई सरकारले सम्बोधन गर्नुपर्ने कुरालाई सशक्त रुपमा उठाउने उनको भनाइ छ ।
ढाकाकुमारको अडियो प्रकरण अहिलेको व्यवस्थाको उपज : लिङ्देन