काठमाडौँ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन हुँदैछ।

आज चैत २७-२९ देखि नेपालगञ्जमा हुने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनको उद्घाटन कार्यक्रममा १० हजारभन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए।

उनका अनुसार महाधिवेशनमा दुई हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन्।

49
Shares
२७ चैत्र २०७९, सोमबार ०८:५६