विशेष सुराकीको आधारमा शुक्रबार दिउँसो करिब १ बजेतिर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरी टोलीले भारी परिमाणमा गाँजा बरामद गरेको हो ।
खाली ट्रकभित्र जस्ताले घेरेर लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा ११ किलोको १२ वटा पोकामा रहेको १ क्विन्टल २४ किलो गाँजा बरामद गरेको हो ।ट्रकसहित गाँजा र चालकलाई समेत नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरीले ढल्केबरतिरबाट जनकपुरधामतर्फ गइरहेको ना ७ ख ४२५१ नम्बरको ट्रकउपर शंका लागी चेकजाँच गर्दा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
गाँजासहित ट्रक चालक मनहरी नगरपालिका ८ मकवानपुर जिल्ला घर भएका सन्तवीर दोङ्लाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ । उक्त गाँजा पहाडी जिल्लाबाट ल्याई भारततर्फ लाँदै गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । पक्राउ गरिएको ट्रक चालकलाई अहिले अस्थायी प्रहरी चौकी लक्ष्मिनियामा राखिएको छ ।