काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच पार्टी एकता भएको छ ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमतबीच एकता भएको हो । दुवै पार्टीका नेताहरुले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गरेर पार्टी एकताको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी धारलाई एकताबद्ध बनाउने भनिरहेका बेला दाहालका कडा आलोचक बास्तोला र वैद्य एकजुट बनेका हुन् । दुई समूहको यो एकताले दाहालको पूर्वमाओवादीलाई मिलाउने अभियानमा अल्पविराम लागेको छ ।

वैद्य समूहबाट नेत्रविक्रम चन्दलगायतका नेताहरू छुट्टएिर नेकपा गठन गरेका थिए । पछि चन्द समूहबाट विद्रोह गरेका धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओली नेकपा बहुमत गठन गरेर वैद्यसँग मिल्न पुगेका हुन् ।

35
Shares
२५ चैत्र २०७९, शनिबार ०७:३७