अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले बिहीबार प्रतियोगिता आयोजना गरेको हो ।
हाफ म्याराथनको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घन्टा ६ मिनट २ सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पूरा गरेका थिए । यससँगै उनले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाए ।यस्तै महिलातर्फ २१ किलोमिटरको दूरी नेपाल प्रहरीकी पछाईले १ घन्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरिन् । उनले १ लाख ५१ हजार रुपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र पाइन् ।
प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखी १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पूरा गर्दै द्वितीय भए । त्रिभुवन आर्मीका मुकेश पाल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै चौथो भए ।महिलातर्फ एपीएफकी विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भइन् । नेपाल प्रहरीका रेखा बिष्ट १ घन्टा २६ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै चौथो भइन् । दुवै विधामा द्वितीयले ७५ हजार र तृतीयले ५० हजार र चौथोले ३० हजार रुपैयाँ नगद पुरस्कार पाए ।
पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाचौं र महिनदेव जोशी छैटौं भए । एपिएफका राजेन्द्र तामाङ सातौं एवं त्रिभुवन आर्मीका जितेन्द्र दनुवार आठौं, प्रेमबहादुर बस्नेत नवौं र टंक कामी दशौं भए । यस्तै महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपिएफका आशा रावल छैटौं भए ।
त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौं एवं खुलाबाट सुर्खेतकी विन्दु हमाल आठौं, त्रिभुवन आर्मीकी निर्मला पुन नवौँ र शारदा शाही दशौं भइन्।
प्रतियोगितामा दुवै विधाका पाँचौँले २० हजार, छैटौँले १० हजार, सातौँले ७ हजार, आठौँले ५ हजार र नवौँ तथा दशौँले ५ – ५ हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा सहभागी भएका अध्यक्ष ध्रुव आचार्यले बताए ।
बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मसाल बालेर खेलाडीलाई हस्तान्तरण गरेपछि खेलाडीहरु म्याराथनमा उत्रेका थिए ।
मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथन पर्सा चौकबाट पुन: महिलबार हुँदै २ फन्का लगाएर २१ किलोमिटरको दूरी पार गरेका थिए ।