वीरगञ्ज । नारायणी यातायात कार्यालय, वीरगञ्जबाट पर्सा प्रहरीले एघारजना बिचौलियालाई पक्राउ गरेको छ।

कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो-छरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल च्यापी भित्र-बाहिर गर्ने उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रचलित कानुनविपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने भन्ने पटक-पटक जनगुनासो प्राप्त हुन आएकोले प्रहरी कार्यालयमा पुगेको थियो।

सोही क्रममा सेवाग्राहीलाई दु:ख दिने एघार जना बिचौलियालाई पक्राउ गरिएको पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानका सातजना, पर्साको कालिकामाइ गाउँपालिकाका एक जना र बाराको पर्सौनी गाउँपालिका वडा नम्बर-३ नौतन बस्ने एक, वडा नम्बर-६ एक जना, परवानीपुर गाउँपालिका-५ नौतन टोलका एक जना गरी एघार जना रहेको बुढाथोकीले बताए।
154
Shares
२२ चैत्र २०७९, बुधबार १४:२६