जसअनुसार धरान हुँदै भोजपुर जाने बाटोको बञ्चरे बस स्ट्यान्डमा पराजुलीहरूको पुर्खौली थलो रहेको गाउँ चरम्बी जाने मोडमा करिब तीन लाख रुपैयाँको लागतमा ‘महाभीम प्रतीक्षालय’ को निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ।
उक्त प्रतीक्षालयको उद्घाटन अरूण गाउँ पालिका वडा नं ४ का अध्यक्ष जङ्गबहादुर राई, बञ्चरे वन उपभोक्ता समितिका अध्यक्ष भूदेव राई, अरूणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक माधवप्रसाद पराजुली, प्रभुप्रसाद पराजुलीले संयुक्त रूपमा गरेका थिए।प्रतीक्षालयको अगाडि वरपिपलको चौतारी निर्माण गर्ने र वरपिपलका बिरूवा रोप्ने काम पनि सम्पन्न भएको छ।
सोही अवसरमा सो स्थानमा सत्यनारायणको पूजा, होम, अभिषेक आदि कार्य सम्पन्न भएको जानकारी संस्थापक पराजुलीले गराएका छन्।