काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुनेछन् । जारी लिगमा अहिले छैटौँ चरणका खेल चलिरहेका छन् ।

अंक तालिकाको तेस्रो स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्दैछ । च्यासल मैदानमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । चर्च ब्वाइज अहिलेसम्म अपराजित छ । उसले पाँच खेलमा तीनमा जीत र दुईमा बराबरी खेल्दै ११ अंक जोडेको छ । यदि आज जित हात पारे तालिकाको शीर्ष स्थानमा उक्लन सक्नेछ ।

एनआरटी भने पहिलो जितको खोजीमा छ । रेलिगेसन जोनमा रहेको एनआरटीको पाँच खेलबाट दुई अंक मात्रै छ । खराब प्रदर्शनबाट गुज्रिरहेको एनआरटी उत्कृष्ट पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।

आजै हुने अर्को खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले जावलाखेलको सामना गर्नेछ । यो खेल दिउँसो २ बजेनै सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

पाँच खेलमा एक मात्र हार व्यहोरेको सातदोबाटोको १२ अंक छ । उसका लागि जावलाखेललाई हराउदै अंक दूरी बढाउने अवसर छ । चौथो स्थानमा रहेको जावलाखेलको १० अंक छ ।
238
Shares
२१ चैत्र २०७९, मंगलवार ०९:१२