वीरगञ्ज । बारा–२ मा हुने उपनिर्बाचनको लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार निर्बाचन अधिकृतको कार्यालय कलैया पुगेर कुशवाहाले उम्मेदवारी दर्ता गराएका हुन्।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतसँगै निर्बाचन कार्यालय पुगेका कुशवाहाले उम्मेदवारी दर्ता गराएका हुन्। उनी टिकट नपाएपछि नेकपा माओबादी केन्द्र परित्याग गरेर जनमत पार्टीमा प्रबेश गरि उममेदवार बनेका हुन्। मंसिर ४ गते निर्बाचनमा कुशवाहा माओबादीबाटै उम्मेदवार भई झिनो मतान्तरले जसपाका रामसहाय यादवसित हारेका थिए।

यादव उपराष्ट्रपति भएपछि यो क्षेत्र खाली भएको हो ।०६४ सालमा माओबादीबाट नै उम्मेदवारी भई कुशवाहा संविधान सभा सदस्य बनेका थिए।

उनी जनयुद्धकालदेखि माओवादीमा रहेका पार्टीले टिकट नदिने भएपछि जनमतमा प्रबेश गरेका थिए। माओबादीले बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गरेको छ।

56
Shares
२१ चैत्र २०७९, मंगलवार ०७:०१