मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ७० डिटी ६०५५ नम्बरको ट्यांकर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।
ट्यांकरमा सवार एकजना घाइते भएका छन् । भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन तातीको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।दुर्घटना आज बिहान ६ बजे भएको हो । ट्यांकर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो ।