पार्टीको सचिवालय बैठकले मनोनयन दर्ताको केही घण्टा अगाडि उम्मेदवार टुंग्याएको हो । उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता गरिँदैछ ।
२०५१ सालमा सांसदमा निर्वाचित भएका थिए भने दोस्रो संविधानसभाका सदस्य पनि भएका थिए । २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए ।गत ४ मंसिरको निर्वाचनमा बारा – २ मा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो । उक्त निर्वाचन क्षेत्रबाट जसपा रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।
यादवलाई उपराष्ट्रपति बनाएर बारा – २ मा जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्दैछन् । उनलाई कांग्रेस, माओवादी, लोसपालगायत सत्तारुढ दलहरुले सघाउने निर्णय गरिसकेको छ ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिने भएका छन् । राप्रपाले बारा–२ मा सोनेलाल साहलाई उठाउने भएको छ । बारा–२ मा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।