आइतबार काठमाडौँमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताएका हुन्।
दाहाललाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराउँदै उनले इमान नभएकाहरुसँग एकता गर्न नहुने पनि अध्यक्ष ओलीले बताए। यता पनि खोज्ने, उता पनि खोज्ने प्रचण्ड चाल भएको उल्लेख गर्दै उनले त्यसको पक्षमा आफ्नो पार्टी नरहेको दाबीसमेत गरे।ओलीले आफ्नो पार्टीले आगामी ४ वर्षभित्र राष्ट्रिय शक्तिको रुपमा उदाएर अघि बढ्ने संकल्प लिएकाले सोहीअनुसारको गम्भीरताका साथ काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।