पुर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आश्वासन दिएका छन् ।
आइतबार मोरङको गोठगाउँमा दिक्षान्त समारोहलाई सम्बोधन गर्दै दाहालले ऐन कानुनमा देखिएका समस्यालाई चाडै हल गर्ने बताए ।

प्रधानमन्त्री दाहालले नेपालका विश्वविद्यालयहरुले सैद्धान्तिक ज्ञान मात्र नभई जीवनउपयोगी र व्यबहारिक ज्ञानमा जोड दिनु पर्ने बताए । विज्ञान प्रविधिको युगमा सैद्धान्तिक सिकाईले ज्ञान आर्जन भएपनि दैनिक जीवनमा उपयोग कम हुँदै गएको बताए ।

२१ र्औं शताब्दीमा हाम्रा आबश्यकता परिपूर्तिका लागि उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग गर्दै वैकल्पिक श्रोत र साधनको खोजीगर्न विश्वविद्यालय लाई समुदाय स्तरमा जैजान आबश्यक छ ।

समारोहमा कला संकायमा स्नातकतर्फ ९२, स्नाकोत्तर तर्फ ४३ जनालाई दीक्षान्त प्रदान गरिएको छ । यस्तै कानुन संकायतर्फ स्नातकतर्फ १९९ स्नाकोत्तर १०७,शिक्षाशास्त्र संकायतर्फ स्नातकतह ३५४ र स्नाकोत्तर तर्फ १४८, व्यबस्थापनतर्फ स्नातकतहतर्फ एक हजार २४२, स्नाकोत्तर तर्फ ६१४ र एम. फिलतर्फ ६ जनालाई उपाधि प्रदान गरियो ।

त्यस्तै चिकित्साशास्त्र र विज्ञान तथाप्रविधि संकायका स्नातकतर्फ एक हजार २६१ स्नाकोत्तरतर्फ १२३ र एमफिल गर्ने ६ जना गरी जम्मा ६ हजार हजार ५१३ जनालाई उपाधि प्रदान गरिएको छ ।
105
Shares
१९ चैत्र २०७९, आईतवार १७:४६