त्यस्तै महानगर कमिटीको उपाध्यक्षमा श्रीप्रकाश तोत्ला, उर्मिला तिम्सिना, सचिवमा नन्दुकुमार खवास, उपसचिवमा प्रतिमा ओझा, यमन निरौला, अनन्त निरौला, कोषाध्यक्षमा जिवन् खड्का र सह–कोषाध्यक्षमा तुलसी गोयल चयन भएका हुन् ।
सदस्यहरुमा तेजु श्रेष्ठ, अजय धाडेवा, इशा पौडेल, मनिषा माझी, रिता साह, सन्ध्या थापा (लामिछने), लक्ष्मी पोखरेल, अर्चना थापा मगर, नितेश सारडा, चन्दनकुमारी दास, शम्भु अटल, मनोज शर्मा, भागवत नेपाल र रमेशकुमार साह चयन भएको नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगरका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज चेतन निरौलाले सपथग्रहण गराएका थिए ।
सो अवसरमा बोल्दै नेकपा (एमाले) का पोलिटब्युरो सदस्य विशाल भट्टराईले सम्पूर्ण उद्योगी व्यवसायी संगठीत हुनुपर्नेमा जोड दिए । उनले नेपाल उद्योग व्यवसायी महासंघले आम उद्योगी व्यवसायीक हक अधिकारका लागि लड्दै आएको बताए ।कार्यक्रममा नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज निरौला, विराटनगर महानगर कमिटीका निवर्तमान अध्यक्ष अधिकारी, जिल्ला कमिटी उपसचिव खेमराज नेपालले नवनिर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै संगठनलाई शसक्त ढंगले अगाडी बढाउन सुझाव दिए ।