निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि रिक्त रहेका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचनको मिति तोकेको छ। तनहुँ- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका छन्।
बारा- २ बाट निर्वाचित रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। यससँगै ती दुवै ठाउँमा सांसद पद रिक्त भएका थिए।चितवन – २ बाट निर्वाचित सांसद रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि उक्त ठाउँ पनि रिक्त भएको थियो। सचिवालयले एमालेतर्फका उम्मेदवार आज टुंग्याउने बताइएको छ।