राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलब आठ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलब दुई म्याग्निच्युडको भूकम्प गएको थियो ।पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।
यसअघि गत चैत १४ गते राति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ ग्याग्निच्युडको भूकम्प गएको थियो ।यस्तै चैत १२ गते बाजुरा र १० गते मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।