गत चुनावमा सर्लाही-२ बाट महिन्द्र राय यादवसँग पराजित भएका महतो अब बारा-२ मा चुनाव लड्न जान लागेका हुन् ।
जिल्लाका नेताहरुबाट माग आएको भन्दै महतो चुनावको तयारीमा छन् ।महतो २०७४ सालमा धनुषाबाट चुनाव लडेका थिए । २०७९ को चुनावमा उनी गृहजिल्ला सर्लाहीमा चुनाव लड्न पुगे । महिन्द्र यादवसँग पराजित भए ।
लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच अहिले कार्यगत एकता गर्ने सहमति छ ।जनमत पार्टीले पनि बारा-२ बाट शिवचन्द्र कुसवाहालाई उठाउने तयारी गरेको छ।