राम नवमीको अवसरमा बिहीबार काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिर दर्शनका पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताए ।
उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे ।उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको बताए । अध्यक्ष लिङ्देनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको बताए ।
उनले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिए ।‘हामी सरकारमा हुनु वा नहुनु तपशिलको कुरा हो,’ उनले भने, ‘तर देशमा शान्ति, स्थायित्वको लागि सरकारस्थिर हुन जरुरी छ । तर अहिले जुन प्रकारको प्रवृत्ति विकसित भइरहेको छ, व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु झनै तिब्र रुपले बढीरहेका छन् । त्यसले तत्काल स्थिरताको कल्पना गर्न सकिँदैन ।’