काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरूलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् ।

भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी पीडितहरूलाई भेट्न ढिलो गर्नु नहुने बताएका हुन् ।

उनले मिटरब्याजी पीडितहरुलाई  प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्ब भेट गर्न आग्रह गरे । पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरूको मुद्दा सम्बोधनको प्रक्रिया शुरु हुनु रहेको उनको भनाई थियो ।

महामन्त्री शर्माले मिटरब्याजी पीडितहरूले उठाएका मुद्दाहरूको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसद्मा छिटो भन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

मिटरब्याजी पीडितहरू कुनैपनि राजनीतिक दलको छत्रछायामा रहेको भएपनि उनीहरूको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको उनले बताए । वर्तमान अवस्थामा लोकतन्त्र भनेको कतिले बोल्न पाए भन्ने नभई बोलेका कुरा राज्यले कति सम्बोधन ग-यो भन्नेकुरा मुख्य रहेको शर्माले उल्लेख गरे ।
77
Shares
१६ चैत्र २०७९, बिहीबार ११:१६