नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको १६ औं बैठकले पचास हजार ५१ राशीको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र १५ हजार ५१ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढाथोकी पुरस्कृत भइसकेका छन् ।यस्तै ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी न्यौपाने र देवनारायण साह पुरस्कृत भइसकेका छन् । दुवै पुरस्कार नेपाल पत्रकार महासंघ मोरङले स्थापना दिवसका अवसरमा हरेक वर्ष चैत १६ गते वितरण गर्दै आएको छ ।
कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको प्रमुख आतिथ्यतामा विराटनगरमा षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार वितरण कार्यक्रम र सोही दिन बिहान सुन्दरहरैंचाको विराटचौकमा प्रभातफेरि निकाल्ने निर्णय गरिएको सचिव नेत्र पी अधिकारीले जानकारी दिए ।उनकाअनुसार कार्य समिति बैठकले नेपाल पत्रकार महासंघको सदस्यता नविकरण गर्न बाँकी रहेका सम्पूर्ण साधारण सदस्यहरुलाई चैत मसान्तभित्रमा सदस्यता नवीकरण गरिसक्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।